कार्तिक २ गते, २०७६  /  October 19th, 2019

नेपाल इतिहास भोकेको एक नॉचले रुवायो मेलबॉर्नका संपूर्ण नेपालीलाई

  • December 18, 2016
  • Other

pf

गता २० दिसम्बर , २०१६ मा भएको नेपाल फेस्टीभल मेल्बोर्न २०१६ सफल साथ सम्पन्न भएको यस कार्येक्रम का आयोजक र संपूर्ण उपस्थित दर्शकबिन्दहर को भनाई छ । मेलवर्न , शनिवार बिहानैदेखि मेलवर्नको मुख्य शहरी क्षेत्र नेपालमय बन्यो । हातमा नेपाली झण्डा, ढाका टोपी, बिभिन्न जातजातिका मौलिक नेपाली पोशाकका साथमा मेलवर्नको केन्द्र फेडेरसन स्क्वायरतर्फ नेपालीहरुको ठूलो संख्या एकीकृत हुँदा शहरबासी अचम्म परेका थिए ।

यस फेस्टिवलमा नेपाली मौलिक, भाषा, लोकनाच तथा सांस्कृतिक झल्काउने बिभिन्न प्रस्तुतीहरु देखिन पाएको दर्शकहरुको भनाई छ ।
यो पटकको बिशेष कुराचाहिँ नेपालको इतिहासलाई झल्काउने एउटा गीत थियो । बलभन्द्र कुवँरदेखि नेपालको एकीकरण हुँदै बिभिन्न कालखण्ड समावेश गरिएको सो गीतमा एपि्रल २५ को भूकम्पसम्म समावेश गरिएको थियो । गीतको अन्त्यमा स्टेजमै धरहरा निर्माण गरिदिँदा मानिसहरुका आँखा रसाएका थिए ।
शो गीत १२ मिनट लामो रहेको थियो र उक्त १२ मिनट भित्र नेपालको इतिहास र नेपाली परिवेशलाई सुन्दर रुपमा समाबेस गरिएको थियो । उक्त प्रस्तुतीले उपस्थित दर्शकहरुको मन जीतनु को साथै भाभूक भनाइ आँखा रशाएको दर्शकहरु अनुभव रहेको थियो ।
उक्त नाच का कोरियोग्राफर रीना प्रधान रहेको थियो भने यसका कलाकार हरु रिन्जिल प्रधान, प्रतिक, पालबी अमात्य, मनीष दहल, श्याम राणा, सुनील रमाइलू, सुनीता श्रेस्ठ, सागर लामा, बिनोद भंडारी, बिकाश सापकोटा, अमृत गुरुंग, क्रिस्टीना अनु, श्रेया, ईशान पांडेय र पगति हुँन ।

उक्त उत्क्रिस्ट नाचको छुटिएको खण्डमा हेर्नुस यो पूर्ण भिडियो ।

Video Credit : Fom Magar

December 18, 2016 Published

Comments:

Top
Web Design BangladeshWeb Design BangladeshMymensingh